काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार भने सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ११५ रुपैयाँ रहेको थियो भने गत आइतबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय