काठमाडौं । आइसिसी विश्वकप टि-२० छनोट खेलमा नेपालले क्यानडामाथि सानदार जित निकालेको छ । सोमबार ओमान क्रिकेट एकेडेमीमा भएको खेलको नेपालले क्यानडालाई ८ वेकेटले पराजित गरेको हो ।

क्यनडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै भेटायो । नेपालको लागि ओपनर आसिफ शेख १६ रनमा आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले १५ ओभरमा १० विकेट गुमाउँदै रन ८० जोडेको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २-२ विकेट लिए । कुशल मल्लले १ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल समूह विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ । नेपालले युएईलाई पराजित गरे सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय