काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारितका लागि सहमति जुटाउने प्रयासमा रहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट पुगेका थिए।
गृहमन्त्री खाणले एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए । यस्तै खाणले संसदको अवरोध हटाउनेबारे कुराकानी भएको थियो ।

यसअघि मंगलबार बेलुकी प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको थियो । त्यस क्रममा प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए।
जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

