काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको कार्य प्रक्रियामा सुधार ल्याउन ४९ बुँदे सुधार कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।

आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउनको लागि सुधार कार्ययोजना कार्यान्वयनमा ल्याउनुका साथै आयोगले आफ्नो वार्षिक प्रतिवेदनमार्फत नेपाल सरकारका तीन वटै तहलाई नौ वटा विषयमा ६० बुँदे सुझाव दिएको बताउनुभयो ।

छानबिन कार्यलाई बस्तुनिष्ठ र प्रभावकारी बनाउन मौजुदा उजुरी परीक्षण ९समितिको कार्य प्रक्रियामा सुधार गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

चालु आर्थिक वर्षको पुससम्म आयोगमा दर्ता भएका १६ हजार १ सय ६३ उजुरीमध्ये ७ हजार ५ सय २० उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको आयोगले जनाएको छ ।

आयोगमा प्राप्त भएका उजुरीमध्ये २ सय २५ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, २ हजार ९८ उजुरी तामेली गरिएको, १ सय ५६ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ५ हजार ४१ उजुरीउपर कानुनबमोजिम आवश्यक कारबाही गरिएको सहायक प्रवक्ता वेदप्रसाद भट्टराइले बताउनुभयो ।

आयोगका अनुसार उजुरीको सङ्ख्या सबैभन्दा बढी स्थानीय तह समेत गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको र सबैभन्दा कम अर्थ मन्त्रालयसँग सम्बन्धित उजुरी रहेको छ ।

त्यस्तै, नक्कली शैक्षिक प्रमाण–पत्रतर्फ ७।६६ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ४।३२ प्रतिशत र अन्य निकाय अन्तर्गत ११।६० प्रतिशत उजुरीहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय