विराटनगर । मोरङको उखुबारी हत्याकाण्डका ४ जना आरोपितलाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।
वुधबार जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–७ उखुबारी हत्याकाण्डका चार जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश जारी गरेको हो ।

घटनाका मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौँ, बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना जेल चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले उनीहरुलाई जेल चलान गरेको हो ।

