काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले थापालाई घोषणा पत्र बनाउने जिम्मेवारी दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको छ,’ मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


