काठमाडौं । न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो ।

शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ ।

यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ । बिं.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । बिभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए । कालु गुरुङ,बिरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहिबार साँझ बिसेष शो आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय