विराटनगर । ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६-५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबारी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो ।

