काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे छ ।
मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र राेहत पाैडेलले १२ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए । यस्तै माेहम्मद अमिर र सइद अजिजले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायाे । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । यस्तै अभिनाश बाेहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।

