एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले देशव्यापी संकटकाल घोषणापछि कर्फ्यु आदेश जारी गरेको छ ।

श्रीलंकाले आर्थिक संकटकाबीच हिजो बेलुका ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको बीबीसीमा उल्लेख छ । खाना, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव खड्किन थालेपछि श्रीलंकाली नागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिँदै आएका छन् ।

सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रणका लागि भन्दै सरकारले अस्ति रातिबाट देशव्यापी संकटकाल घोषणा गरेको थियो । त्यससँगै आन्दोलन थप चर्किएपछि सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय