काठमाडौं । नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । शुक्रबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन निकट घिमिरेसहित प्यालन नै विजयी भएका हुन् ।

उनले नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमती अधिकारीलाई अध्यक्षमा पराजित गरेका हुन् । त्यसैगरी बारको महासचिवमा गठबन्धनकी उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा पनि गठबन्धनकै भरतबहादुर राउत विजयी भएको डिएलएका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलल लोकपथलाई जानकारी दिए ।

२५ सदस्यीय रहने बारको कार्यसमितिका ७ हजार ४ सय २९ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि चैत १९ गते निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय