सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमै थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिपरमार्फत चंखेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पु¥याइएको खाद्यान्न हेलिकोप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो ।

यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ । सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने भएको छ । हाल सिमकोट विमानस्थलमा ५ सय २९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।

यसैबीच, पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कादोभन्दा आलु खेतीमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय