
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र न. ६ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा न. २७ मा नेपाली काँग्रेसको तर्फबाट योगेश कुमार खड्गीको नेतृत्वमा उम्मेदवार प्रस्तुत गरेको छ ।
यसैगरि वडा सदस्यमा दिनेश श्रेष्ठ ,धर्म प्रजापति र महिला सदस्यमा सृस्ती कंसाकार (तुलाधर) लगायतले आज उम्मेदवारी दर्ता गरेका छन् ।

वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका खड्गी २०४३ साल देखि हालसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनुका साथै मनोनित वडा सदस्य भइ काम गरेका अनुभव रहेको छ ।
२०४० सालमा समाज सेवा परिवार क्लबको सस्थापक सचिव, २०५० साल देखि हालसम्म निशुल्क स्वास्थ केन्द्रको उपाध्यक्ष, वडा न. २७ प्रकोप व्यवस्थापक समितिको सचिव, नेपाल रेडक्रस सोसाइटी महाबौद्धको सभापति, लुनिभा पुस्तकालयको कोषाध्यक्ष, अन्नपूर्ण क्लब आरसीटी संरक्षक सदस्य रही सामाजिक संघ-संस्थामार्फत सामाजिक गतिविधिमा खड्गी सक्रिय छन् ।