काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।
मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् ।

आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन । डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । स्थलगत रुपमा निभाउन सम्भव नभएपछि हेलिकोप्टरबाट पानी खन्याएर निभाउने प्रयत्न गरिएको छ ।

