ताप्लेजुङ । ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन्। फक्ताङ्लुङ गाउँपालिका- ६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आईतराज लिम्बूले बिहीबार साँझ हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज बुबा बृखबहादुर लिम्बू र आमा फिपरानी लिम्बूको हत्या गरेका हुन्। मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए।

स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन्। घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा खबर गरेका थिए। आइतराज भेडाको गोठमा बस्ने गर्थे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय