काठमाडौं । सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकार पोखरामा विशेष छुट पाउने भएका छन्। आन्तरिक र बाह्य पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकारमा बैंकले आफ्ना ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो ।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापछि बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानमा ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ। यस्तै ग्राहकहरुको अपेक्षाअनुरुप नयाँ सेवा सुविधाहरु थप गर्दै जाने बैंकले बताएको छ।

