काठमाडौं । मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।

मन्त्री रेग्मीकाअनुसार मङ्गलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद बैठकमा पेश हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय