काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ ।
वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित हुनुभएको हो ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयो । राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत ल्याउनुभयो ।

