काठमाडौं । च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ। गएराति राति सम्पन्न खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल मड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो। खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल मड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए।

मड्रिडले यो सहित १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यो सिजनमा पनि लिभरपुललाई नै पराजित गरेर च्याम्पियन बन्यो।

