काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।

वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे ।

उनले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय