काठमाडौं । एक करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसुरमा संलग्न भई फरार रहेका उनलाई उपभोक्ता हित संरक्षण नेपालको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो ।

केसीलाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय