काठमाडौं । काठमाडौं पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो सुपर मार्केटको डिपार्टमेन्ट स्टोरबाट सामान चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-४ चण्डोलका ५१ वर्षका मुना सिंहलाई पक्राउ गरेको हो।

उनको साथबाट जी.जी. कम्पनीको सानो हातेपंखा एक थान, एक थान एम लेखिएको सानो हाते पंखा, ४ थान हुक, वुडेन मिरर लेखिएको एउटा ऐना बरामद गरेको छ। त्यसैगरी ९ थान टावेल, ३ थान जेन्स अन्डरवेयर, स्पिकर १ थान, एउटा मोबाइल र प्रदेश ३ २ ००६ प ४३१७ नम्बरको यमाहा स्कुटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनले सुपर मार्केटको विभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहानामा प्रवेश गरी विभिन्न सामान चोरी गरेका थिए। चोरीका सामानसहित सिंहलाई गत सोमबार काडमाडौं चण्डोलबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय