रौतहट । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा बापत पाउनुपर्ने करिब ६० लाख रुपैयाँ सम्बन्धित खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

१८ महिना देखिको सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताए ।

जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक—पटक आवाज उठाउँदा समेत सुनवाइ नभएका कारण गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएको बताए।

वन कार्यालयमा कार्यरत ११०कर्मचारीको सेवा सुविधा बापतको झण्डै ६० लाख रुपैयाँ अपचलन गरेको उनको आरोप छ। ‘रकम कर्मचारीको हातमा नपरेसम्म आन्दोलन रोकिँदैन’, उनले भने। वन अधिकृत विमल ठाकुरले यो विषयमा जानकारी गराउँदा डिभिजन वन प्रमुखले बेवास्ता गरेको आरोप लगाए।

यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले आफूभन्दा अघिल्ला प्रमुखको पालामै कर्मचारीको सेवा सुविधामा समस्या रहेको बताए। कर्मचारीको समस्या समाधानका लागि आफूले लेखा अधिकृत सुदीप गौतमलाई दिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय