काठमाण्डौ । अमेरिकी सेनाका इण्डो प्यासेफिक कमाण्ड कमाण्डर चाल्र्स ए फिलन र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएकाे छ ।

चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका कमाण्ड कमाण्डर चाल्र्स ए फिलन र प्रधानसेनापति शर्माबीच शुक्रबार जङ्गी अड्‌डामा भेटवार्ता भएको हो।सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्ताका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

कमाण्डर चाल्र्स ए फिलनको सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस चार दिने औपचारिक भ्रमणको क्रममा जनरल चार्ल्स ए फ्लिन तथा भ्रमणदलका सदस्यहरु शनिबार हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुनेछन् भने आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी सोही दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति तहका फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय