काठमाडाैं । २०७९ असार ४ गतेबाट UNIFIL Mission Lebanon को निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतकाे भ्रमणदलबाट २०७९ असार ५ (तद्अनुसार 19th June, 2022) गते UNIFIL Mission, Sector East Headquarter को भ्रमण गरिएको छ ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले, Sector East Headquarter का कमाण्डर Brigadier General Ignacio Olazaba Elorz सँग शिष्टाचार भेटघाट गर्नुका साथै मिशनका विविध पक्षहरुका बारेमा जानकारी लिएको नेपाली सेनाले जानकारी दिएकाे छ । प्रधान सेनापति महारथी शर्माको सम्मानमा Sector East Headquarter को एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

सेनाका अनुसार, भ्रमणकै दौरान प्रधान सेनापति महारथी शर्माबाट, लेवनानस्थित NEPBATT Headquarter को भ्रमण र त्यस ईलाकाको वस्तुस्थिति लगायत विविध गतिविधिका बारेमा जानकारी हासिल गर्नुको साथै शान्ति स्थापनार्थ वीरगति प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित उक्त हे.क्वा. स्थित वीर स्मारकमा माल्यार्पण पनि गरिएको थियो ।

साथै, प्रधान सेनापति शर्मा “Gorkha Green Park” को समुद्‍घाटन र वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । तत्पश्चात, प्रधान सेनापति महारथी शर्मा लगायतका भ्रमणदलले असार ५ गते नै लेवनानस्थित Olive Field, Shoheb Well र UNP 8-34 लगायतका स्थानहरुमा भ्रमण गर्ने कार्यक्रम रहेको समेत नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय