काठमाडौं । नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाको अध्यक्षमा पन्कज बिक्रम नेम्वाङ्ग निर्वाचित भएका छन।
सोमबार पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५मत ल्याउँदा शेर्पा ३९ मतमा पाए ।

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए ।

