काठमाडौं । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७६ औं शुभजन्मोत्सव मनाउन ३ हजार ५ सय ७६ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ । वरिष्ठ समाजसेवी प्रा.कोमलनाथ सुवेदीको अध्यक्षतामा गठित समितिले आगामी असार २१ गतेदेखि सप्ताहत्यापीरुपमा विविध कार्यक्रममा साथ देशव्यापी शुभजन्मोत्सव हर्षोल्लासका साथ मनाउने जानकारी समितिका महासचिव वरिष्ठ समाजसेवी राधेश्याम थापाले दिएका छन् । पूर्व श्री ५ ज्ञानेन्द्रको शुभजन्मोत्सव असार २३ गते पर्छ । समितिका सह–अध्यक्षहरूमा गीता राणा क्षेत्री, राजी राज्यलक्ष्मी राणा, इन्दिरा मल्ल, डा.मञ्जुरत्न शाक्य, ज्योत्सना राज्यलक्ष्मी थापा, दइन्द्रबहादुर ठकुरी रहेका छन् ।
त्यसैगरी ७६ औं शुभजन्मोत्सव नागरिक मूल समारोह समितिका उपाध्यक्षहरूमा नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक विष्णुप्रसाद शर्मा, जगदीश खड्का, रामकृष्ण पन्त, टेकनारायण राजवंशी, रिना तुलाचन, ऋषिबाबु परियार, लीलादेवी श्रेष्ठ, सयन्द्र बान्तवा, पर्शुराम तामाङ, आशा राणा, प्रतिमा पाण्डे, प्रा.डा.उषा ठाकुर, नारायणदेवी प्रधान, धुव्र महर्जन, तारानाथ लुइँटेल, शान्ता श्रेष्ठ, श्याम तिमिल्सिना, राजाराम श्रेष्ठ, कान्छा गुरुङ, योङकेशरी पाण्डे, विष्णु भट्टराई, शुभद्रा विश्वकर्मा, अनिल बस्नेत, रामु राई, मीरा राणा, सदयशमशेर जबरा, प्रा.डा. उत्तमकृष्ण कर्माचार्य, दामोदरलाल श्रेष्ठ, घनेन्द्रबहादुर बस्नेत, शरदचन्द्र दाहाल, प्रदीपविक्रम राणा, प्रा.डा.शुष्मा आचार्य, प्रा.डा.अवदेशकुमार ठाकुर, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, डा.पद्मा तुलाधर, केशव भण्डारी, स्वस्तिरत्न शाक्य, विक्रमबहादुर बम, शंकर पौडेल, इन्द्रकुमार चाम्लिङ, बसिर मिया, जनकलाल साह छन् ।

यस्तै महासचिवमा वरिष्ठ समाजसेवी राधेश्याम थापा, सह–महासचिवहरूमा केशरी श्रेष्ठ, अशोकमान वैद्य, पद्मा ताम्राकार, सुदर्शन भट्टराई, विशन्तर शाक्य, निरा रञ्जित, प्रकाश महर्जन, विक्रम झा, इन्दिरा अर्याल, विपिन मल्लिक, सगुन सुन्दर लावती रहेका छन् । महासचिव वरिष्ठ समाजसेवी थापाले ७६ औं शुभजन्मोत्सव श्रद्धा–भक्तिपूर्वक हर्षोल्लासका साथ मनाउन सबै पक्षसँग आग्रह गरेका छन् ।
त्यसैगरी उप–महासचिवहरूमा चन्द्रबहादुर रामदाम, सुश्री धनेश्वरी प्रजापति, लक्ष्मी अधिकारी, महामायाप्रसाद सिंह, चेतनाथ थापा, केशव अधिकारी, कमरुल होदा, श्यामराज पन्त, ओम सापकोटा, विपिन मल्लिक, मंगललाल माली, पशुपति खड्का, मणिराज सत्याल, शिशिर तिवारी, सन्तोष मैनाली, सीताराम चौधरी रहेका छन् ।
यसैगरी सचिवमा सुश्री निर्मला महत ‘गुञ्जन’, शैलेन्द्र श्रेष्ठ, अमित लामा, यदुमन शाह, कमलबहादुर थापा, गोपिकृष्ण काफ्ले, बलराम हमाल, सुशील तिवारी, सुशील पोखरेल, प्रा.बेटी बज्राचार्य, बसन्त थापा, राजन महर्जन, मीना शाही, अम्बरबहादुर निरौला, त्रिलोकज्योति श्रेष्ठ, लक्ष्मण मालाकार, इन्दु आचार्य, राजकुमार थापा, डा.पुष्प रञ्जित, तोयानाथ पौडेल, डिल्लीराम खनाल, रमेशराज बाँस्तोला, नारायणबहादुर श्रेष्ठ, कृष्ण पाठक, सागर थापा, दिनेशकुमार अछामी, सुश्री लक्ष्मी मल्ल, देशमाया लामा, नानीराम लामिछाने, सिद्धानन्द बज्राचार्य, कपिलमान खड्गी, शंकर मघैया, चिरणप्रताप खड्का, गीता नेम्वाङ, सुन्दर खड्का, मञ्जुश्री राणा छन् ।
यस्तै सह–सचिवहरूमा बिमला रावल क्षेत्री, रामचन्द्र खड्का, विश्वनाथ रिजाल, रामसुन्दर (ध्याको) श्रेष्ठ, भक्तमान महर्जन, इन्दिरा कर्माचार्य (वन), रमेश घिमिरे, यस्वीन विष्ट ढुंगाना, डेनियलमान प्रजापति, गुलाम मुस्तफा नुरी, परासर चापागाईं, सजना रिमाल, अञ्जना पोखरेल, रामकृष्ण अधिकारी, श्रीमती लक्ष्मीभद्रा ओझा, उर्मिला भण्डारी, मोहनकृष्ण माटाङ्गुली, हरिनारायणप्रसाद शाह सिंह, अञ्जु झा, प्रेमशंकर शुक्ला, नरेशमान सिंह, सहायक सचिवहरूमा बसरुद्दिन अन्सारी, राजेश बाडे, निरञ्जनकुमार ढुंगाना, उत्तम भट्टराई, पूर्ण डंगोल, नाथुभाई, सुश्री मीरा गिरी, सरोजप्रसाद अमात्य, कृष्ण लामा (काभे्र), अर्णव खड्का, विजयकला राई, रुपीमाया तामाङ, गणेश नगरकोटी, उर्गेन शेर्पा, बिनुबाबा घिमिरे, सरिता शाही, शारदा थापा, बीरेन्द्रकुमार गिरी रहेका छन् । ७६ औं शुभजन्मोत्सव नागरिक मूल समारोह समितिमा सबै क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

