जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ।

प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते महोत्सव आयोजना गर्ने निर्णय गरेको मन्त्री वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए।

उनकाअनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिएको हो।

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने बताइएको छ। उद्योग वाणिज्य संघ जनकपुरमा महोत्सव हुनेछ।

प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिताको लागि आपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय