काठमाडौं । नेपाल समाजवादी कांग्रेसले राष्ट्रिय नागरिक आन्दोलन दिवस तथा साँस्कृतिक पर्व असार १५ को अवसरमा एक कार्यक्रमको आयोजना ग¥यो । २०७८ साल असार १५ गतेबाट राष्ट्रिय नागरिक आन्दोलनको शुरुवात गरेको नेपाल समाजवादी कांग्रेसका राष्ट्रिय अध्यक्ष गोविन्द निरौलाले कार्यक्रममा २०७२ को संविधान असंवैधानिक, विभेदकारी भएकाले खारेजयोग्य रहेको बताउँदै आफ्नो पार्टीले सत्ता कव्जा गरेपछि पिज्जा र विदेशी रक्सी वन्द गरेर नेपाली रक्सी र दही चिउरालाई प्रोत्साहन गर्ने बताए ।
राष्ट्रिय अध्यक्ष निरौलाले संघीयता र धर्म निरपेक्षतालाई आफूले अस्वीकार गर्ने, एउटा प्रधानमनत्रीले ‘म भ्रष्टाचार गर्दिन’ भन्यो भने ६० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने चर्चा गरे । उनले विदेशीलाई नेपालमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अमेरिकी साम्राज्यवादलाई खेल नखेल्न भने । विशेष अधिकारसहितको राजसंस्था, नेपाल समाजवादी कांग्रेससहित राष्ट्रिय सरकार, राष्ट्रिय सहमति अनि त्यसपछि नयाँ संविधानको निर्माणतर्फ लाग्नुपर्ने उनको जोड थियो ।
राष्ट्रिय अध्यक्ष निरौलाले इम्वोष्ड नम्वर प्लेट राष्ट्रघाती भएको तर्क गर्दै बेलायत सरकासंग् तत्काल वार्ता गरेर पूर्व व्रिटिश गोर्खाहरुको समस्या समाधान गर्न आग्रह गरे । आफ्नो पार्टीको नेतृत्वमा सरकार बने यी तमाम समस्याहरुको समाधान गर्ने जादू आफूसंग रहेको उनको ठोकुवा छ ।

कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका सचिव मानवहादुर गुरुङले २०७८ साल असार १५ गतेबाट राष्ट्रिय नागरिक आन्दोलन शुरु गर्दै २०७२ सालको संविधान आफूहरुलाई अस्वीकार्य भएको उल्लेख गरे । नेपाल समाजवादी का्रग्रेसले साँस्कृतिक पर्व असार १५ र राष्ट्रिय नागरिक आन्दोलन शुरु गरेको दिनका रुपमा कार्यक्रम आयोजना गरेको थियो ।

