काठमाडौं। । बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।आइतबार बिहान सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । एमालेले यस नगरपालिकामा बहुमत सदस्य बिजयी हासिल गरेको छ । मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् । निर्वाचन आयोगले आधिकारिक मत परिणाम भने केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बुढीगंगामा १३ हजार ६ सय ५९ मतदाता छन्। कूल मतदाताको ६६.८३ प्रतिशत मत खसेको थियो। बताए। बैशाख ३० गते भएको निर्वाचनमा भने ७५.५८ प्रतिशत मत खसेको थियो। असार २३ मा भएको निर्वाचनमा बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो।

वैशाख ३० मा निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो।बैशाख ३० मा भएको निर्वाचनमा बुढीगंगाका १० वडा मध्ये ६ वटामा विवाद भएको थियो। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ थियो।

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो। निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थगित गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। सो अनुसार असार २३ मा निर्वाचन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय