काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भूसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ।

भूसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो ३ बजे गर्ने गरी निर्वाचन मिति र समय निर्धारण गर्नुभएको थियो ।

शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्नुहुनेछ । साथै समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ चयन हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय