काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राईले एआईजी पोखरेल आफै उपस्थित भएर राजीनामा दिएको बताए।
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका पोखरेलले रिट खारेज भएसँगै राजीनामा दिएका हुन् । सरकारले धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि पोखरेल विदामा बसेका थिए ।

सर्वोच्च अदालतले गत असार ३१ मा प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट खारेज गरेको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहको नियुक्तिलाई वैधता प्रदान गर्दै एआईजी पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो।

