वीरगञ्ज । पर्सा प्रहरीले ४१ लाख ५५ हजार रकमसहित हुण्डी कारोबार गर्ने १ जान भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार जिल्लास्थित पूर्वी चमपारण थाना रक्सौल–११ निवासी राकेश कुमार रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय पर्सा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार एक विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलको सिटमुनी र ट्याङ्कीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैया फेला पारेको हो ।

प्रहरी उपरीक्षक बस्नेतले मोटरसाइकलसहित पक्राउ परेका राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको बताए ।

