काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वनवयुराजकुमार हृदयन्द्र वीरविक्रम शाहलाई राजाका रुपमा देख्न चाहेको बताएका छन् पूर्वराजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै उनले भावी गद्दी–आसनको शुभकामना व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्‍याएको निष्कर्ष के हो भने–बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ।’

संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने माग गरेका छन् । उनले लेखेका छन् ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय