काठमाडौं। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको छ। प्रहरीका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा श्रीमान, श्रीमती र दुई छोराछोरीको सोमबार बिहान हत्या भएको छ।
हत्या हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।

भित्रबाट बन्द गरिएको ढोका फोडेर हेर्दा उनीहरु हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीले जानकारी दिए। गोरखा भीमसेन गाउँपालिका–६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। हत्या कसरी, किन गर्यो भन्नेबारे पनि केही खुलेको छैन।

