काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताउनुभयो ।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको बताउँदै एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने प्रतिवद्धता जनाउनुभयो ।
‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ । योग्यता पुगेकाहरूले टिकट पाउनेछन् । कसैप्रति भेदभाव हुनेछैन,’ उहाँले भन्नुभयो ।
एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने उहाँको भनाइ छ ।

