जुम्ला । जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन् ।

सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियानअन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका, ३१ साउनमा तिला गाउँपालिका, १ भदौमा तातोपानी गाउँपालिका, २ भदौमा गुठीचौर गाउँपालिका र ३ भदौमा पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो । ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय