बैतडी । बैतडीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार गरिएको छ । सिगास गाउँपालिका- ६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि नेपालगंज लगिएको हो ।

सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपालगञ्ज रेफर गरिएको थलाकाडा स्वास्थ्य चौकी इन्चार्ज चक्रबहादुर धामीले बताए । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय