काठमाडौं । प्रतिनिधिसभाबाट २ पटक पारित भएको नागरिकता विधेयक अझै एक साता संसदीय प्रक्रियामा नै लम्बिने भएको छ ।

सोमबार बसेको बैठकमा यस सम्बन्धी छलफल गरेर पुन: प्रतिनिधिसभामा फर्काउने कार्यतालिका भए पनि ६ दिनपछि मात्र राष्ट्रियसभाको अर्को बैठक बस्ने भएकोले यो एक साता संसदतर्फ नै अलमलमा परेको हो । कुनै शोक प्रस्ताव पारित भएपछि कार्यतालिकामा प्रवेश नगरी बैठक स्थागित हुने परम्परा छ ।

दुवै सदनबाट पारित नागरिकता विधेयक १५ बूँदे सुझावसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काएकी थिइन् । त्यसमा कुनै सुझावबिना नै भदौ २ गते प्रतिनिधिसभा बैठकको बहुमतले पारित गरेको थियो । अहिले सो विधेयक राष्ट्रियसभामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय