डोटी । नेपाली सेना व्यावसायिक तालिम केन्द्रद्वारा डोटी जिल्लामा बसोवास गर्ने नेपाली सेनाका बहालवाला तथा भू.पू. सैनिकका श्रीमतीहरु, वीरगति प्राप्त सैनिकका परिवारहरु, एकल महिला, घाईते सैनिकका परिवारहरुलाई सिपमूलक तालिम सञ्चालन गरेकाे सेनाले जानकारी दिएकाे छ ।

भू.पू. सैनिकका श्रीमतीहरु, वीरगति प्राप्त सैनिकका परिवारहरु, एकल महिला, घाईते सैनिकका परिवारहरुका जम्मा २० जनालाई सहभागि गराई मिति २०७९ भदाै ०६ गते भैरव प्रसाद गणमा ३ महिना अवधिको सिपमूलक तालिम शुभराम्भ गरिएकाे छ ।

साे सिलाई कटाई लेवल-१ तालिमको सैनिक श्रीमती संघ, पश्चिम कमाण्डकी सल्लाहकार श्रीमती अनिता जोशीबाट शुभारम्भ गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय