काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरुको भेट भएको एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुभएको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय