चितवन । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँड हुनुपर्ने बताउनु भएको छ ।

चितवनमा पत्रकारसँगको अन्तरक्रियामा उहाँले सत्यका आधारमा सिट बाँडफाँड हुनुपर्ने बताउनुभयो । कांग्रेसले ९५ देखि १ सय सिट पाउनुपर्ने भन्दै नेता कोइरालाले गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सक्रिय सहभागी हुन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय