काठमाडौं । वरिष्ठ पत्रकार शंकर कार्कीको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार विहान मैतीदेवी स्थित आफ्नै कार्यालयमा काम गरिरहेका बेला हृदयघात भई कार्कीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंज लगिएको थियो । उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंजले मृत घोषित गरेको थियो । जानकारी साप्ताहिकका सम्पादक तथा प्रकाशक रहेका पत्रकार कार्की विभिन्न संचार माध्यमहरुमा पनि सक्रिय रहँदै आएका थिए ।

राजनीतिक अस्थिरता, बेथिती र भ्रष्टाचारविरुद्ध डटेर कलम चलाउँदै आएका राष्ट्रवादी पत्रकार कार्कीले आफ्नो जीवनको लामो समय पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक योगदान गर्दै आएका थिए । स्व.कार्कीका श्रीमती र दुई छोरा रहेका छन् । दिव्य दर्शन साप्ताहिक स्व.कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय