सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा उहाँले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताउनुभयो । उहाँले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गर्नुभयो ।

उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष जारी रहेको बताउँदै उहाँले सदियौँदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभयो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिनुभयो । यादवले पहिचान, प्रतिनिधित्व, सामावेशीता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय