काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।
जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन् ।

गत भदौ ११ गते नै जिल्लाबाट अध्यक्ष यादवसहित तीन जनाको नाम क्षेत्र नम्बर २ बाट सांसदका लागि सिफारिस गरिएको बार क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादव जानकारी दिए। २०७४ को चुनावमा सो क्षेत्रबाट रामसहायप्रसाद यादव विजयी भएका थिए।
उपेन्द्र यादव यसअघि सप्तरी २ बाट निर्वाचित भएका थिए। यादवको क्षेत्रबाट आउँदो चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरेका छन्।

