काठमाडौं । पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको आँखाको शल्यक्रिया गरिएको छ ।९४ वर्षीया शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
शाहको आँखाको शल्यक्रिया सफलतापूर्वक भएको डा. सुमन एस थापाले जानकारी दिनुभयो । डा.थापाले शल्यक्रियापछि तस्बिर सार्वजनिक गर्दै शल्याक्रिया सफलतापूर्वक सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको हो ।

शाहको शल्यक्रियाको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल ,पूर्व युवराज्ञी हिमानी शाहलगायत परिवारका सदस्यहरु क्लिनिक वुधवार जानुभएको थियो । रत्न स्वर्गीय राजा महेन्द्रकी श्रीमती हुनुहुन्छ ।शाह नारायणहिटी राजदरबारमा बस्दै आउनुभएको छ ।

