काठमाडौँ । यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौँ मानिसलाई आँखाको ज्याेति प्रदान गर्ने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गर्ने निर्णय गरिएको छ।

दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौँ जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुन्। सन्दूक रुइत नामक उनकाे जीवनी अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन्।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको राशी तीन लाख रूपैयाँ रहेको छ।

तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने आयाेजकले जनाएकाे छ।वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय