काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्ले तीनजनाको नाम सिफारिस गरेको छ ।

अदालतमा दुई न्यायाधीशको पद रिक्त रहेको र एक महिनापछि रिक्त हुने पदका लागि पनि हाल तीनजनाको नाम सिफारिस गरिएको हो।

न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतमा कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यापक डीएन पराजुलीको नाम सिफारिस गरेको हो।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन्। उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय