काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडीदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर-घरमा डेंगी पुगेको महसुस गर्न थालेको बताए ।

डा. पुनले आफुले एक दिनमा ७०/८० जनासम्म डेंगीका बिरामी जाच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने की कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए । नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय