काठमाडौं । नवगठित सत्ता गठबन्धनको बैठक आव्हान गरिएको छ । आज (मंगलबार) दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाड र गठबन्धनमा अन्यपार्टीलाई सामेल गराउने विषयमा छलफल हुने छ ।

सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । बाँकी मन्त्रीबारे आजको बैठकमा निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय